मुख्य समाचार

सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध (फोटोफिचर)

काठमाडौं । एमालेनिकट युवा संघ र युथ फोर्सले पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

उनीहरूले बिहीबार नयाँ बानेश्वरस्थित पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् ।

मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *