शिक्षा / स्वास्थ्य

गरिवको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पर्दाथमा कर बढाएर त्यहाँबाट आएको रकमले विरामीको उपचारका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्ने बताएका छन् ।

स्वास्थ्योपचार नपाएर मर्नबाध्य नेपालीको उपचारमा यसले ठूलो टेवा पु¥र्याउने हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने मन्त्री बस्नेतले प्रतिवद्धता जनाए ।

अहिलेको वर्तमा समयमा पनि उपचारका लागि विरामीहरुलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन डोकोमा बोकेर लानुपर्ने बाध्यता रहेकाले खैनी सुर्तिजन्य पर्दाथमा कर बढाए आर्जेको रकमले विरामीकाे निःशुल्क उपचार गर्ने उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको समेत मन्त्री बस्नेत सो कार्यक्रममा व्यक्त गरे ।

यतिमात्र नभएर उनले सिन्धुपाल्चोकलाई एक पर्यटकिय गन्तव्यका रुपमा चिनाउन पाल्चोक मन्दिरलाई व्यवस्थित गर्ने बताएका छन् । यस्तै पाल्चोकमा स्वास्थ्य चौकिको भवन अव्यवस्थित भएको भन्दै व्यावस्थापनका लागि आँफूले सक्दो पहल गर्ने समेत उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *