शिक्षा / स्वास्थ्य

प्राध्यापक प्रेमध्वज लामालाई विद्यावारिधि

काठमाडौं । अध्ययन र राजनीतिलाई एकैसाथ अघि बढाएका नेपाली कांग्रेसका नेता प्रेमध्वज लामाले संस्कृति विषयमा विद्यावारिधि प्राप्त गरेका छन् । २०५९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहेका लामा लिशंखु पाखर–१ ठूलो धाँदिङ सिन्धुपाल्चोकका हुन् ।

२०४३ सालदेखि पाटन क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका लामा विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । नेविसंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भएका लामाको त्यत्तिबेलाको सक्रियता सम्झनलायक छ ।

नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा समेत उनी विगत २० वर्षदेखि सक्रिय छन् । प्रध्यापनसँगै उनी सिन्धुपाल्चोकबाट पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेर कांग्रेस मूलधारको राजनीतिमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *