देश

भारतको कलेजबाट निष्कासित विद्यार्थीको सुरक्षा गर्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत फेला परेकी नेपाली विद्यार्थीको घटनाको यथार्थ विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

आइतबार बुटवलकी प्रकृति लम्साल कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सररकार समक्ष सो आग्रह गरेका हुन् ।

साथै अध्यक्ष प्रचण्डले निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसंग आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको छ। मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।’गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरु विद्यार्थीलाई उल्टै कलेजबाट निकालिएको छ ।

कलेजले भने लम्सालले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *