देश

अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने

तानसेन (पाल्पा)। अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी हुने भएको छ।

मोटरसाइकल र स्कुटरको मात्र लाइसेन्स जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेनले पहिलोपटक हलुका चारपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र वितरण सेवा सुरु गरेको हो। यससँगै लाइसेन्सका लागि बुटवल, पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ।

कार्यालय प्रमुख टीकाराम न्यौपानेका अनुसार कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, ई–रिक्सा र ट्र्याक्टरजस्ता हलुका सवारीसाधनका लागि अनलाइन आवेदन खुला गरिएको छ। छिट्टै लिखित परीक्षा र ट्रायल परीक्षण सुरु गरिने उनले जानकारी दिए।

विसं २०७५ मा स्थापना भएको कार्यालयले हालसम्म ब्लुबुक नवीकरण, जाँचपास, रुट परमिट तथा दुईपाङ्ग्रे लाइसेन्स वितरण गर्दै आएको थियो।

यातायात सेवा सहज भएपछि ट्राफिक नियम उल्लङ्घन गर्ने घटनामा समेत कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *