देश

तरुण दलको भेला स्थगित

काठमाडौं । नेपाल तरुण दलको पौष २२ र २३ गते ललितपुरमा गर्ने भनिएको तरुण भेला स्थगित भएको छ। तरुण दलको केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेलले बुधबार सूचना प्रकाशित गरेर पौष २२ र २३ गते ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने भनिएको तरुण भेला विशेष कारणले स्थगित भएको जनाएका छन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले आन्तरिक तयारीमा समय नपुगेका कारण तरुण भेला तत्कालका लागि स्थगित भएको बताए । उनले भने, ‘आन्तरिक तयारी गर्नुपर्ने र अन्य विविध कारणले तरुण भेला तत्कालका लागि स्थगित भएको छ । उपयुक्त समयमा तयारीका साथ हुनेछ ।’

उनले सबै तरुण साथीहरूसंगको परामर्शपछि तरुण भेलाबारे निर्णय लिइने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *