काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त पाँच जना राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
शपथ ग्रहण गर्नेहरूमा रुसी महासङ्घका लागी जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका लागी चन्द्रकुमार घिमिरे ,स्पेनका लागी शनिल नेपाल, गणतन्त्र कोरियाका लागी डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका लागी डा।शङ्कर प्रसाद शर्माले सपथ लिनुभएको हो । उक्त शपथ ग्रहण अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।





