काठमाडौं । सामान्य प्रशासनमन्त्ती अनितादेवी साहले आफ्नो जिम्मेवारीभित्र नरहेको र सुब्वा र खरिदार सरुवाजस्ता सामान्य काममा मात्र अल्झिने गरेको भन्दै मन्त्रालयका सचिव विनोद प्रकाश सिँहले आक्रोश पोख्दै आएका छन् । केही दिनअघि मात्र सामान्य प्रशासनमन्त्री अनितादेवी साह र मन्त्रालयका सचिव सिँहबीच विवादको अवस्था सिर्जना भएको थियो । सचिव सिंहले मन्त्रीहरुले आँफूले पाएको क्षेत्रअधिकारभित्र रहेर मन्त्रालयको काम गर्नुपर्ने बताएका छन् । अहिले मन्त्रीहरुले मन्त्रालयमा आफ्नो कार्य क्षेत्रअधिकार बाहिर गएर काम गर्ने गरेको प्रवृतिले मन्त्रालयको कार्यसम्पादनमा असर पुग्ने गरेको उनले बताए ।
सचिव सिंह केही समयअघिदेखी सामान्य प्रशासनमन्त्री अनितादेवी साहको कार्यशैलीप्रति असन्तुष्ट बन्दै आएका छन् । गत सोमबार मन्त्रालयमा भएको मन्त्री शाहसँग बढेको विवादका क्रममै सचिव सिँहले मन्त्रीको हैसितयमा रहेकाले नीतिगत निर्णय गर्नमा ध्यान दिन आग्रह समेत गरेका थिए । सरकारले बनाएका नीति कार्यान्वयन गर्न कर्मचारीहरु सक्षम रहेको भन्दै मन्त्रालयको कार्यसम्पादन मजबुद्ध हुनेतर्फ उन्मुख रहेर काम गर्नुपर्ने सचिव सिँहको भनाइ छ । सचिव सिँहले दिएको अभिव्यक्ती आँफूलाई मन नपरेको भन्दै मन्त्री साहले आफ्नो कदम चाल्ने बताइन् ।
मन्त्रालयका कर्मचारीहरुका अनुसार मन्त्री साहले कर्मचारी सरुवालाई बढी प्राथमिकता दिदैँ आएकी छिन् । ऐन, नियम तथा कार्यविधिले सहसचिवस्तरको आन्तरिक सरुवाको फाइलबाहेक अन्यमा सदर या निर्णय गर्ने कुनै अधिकार नरहेको मन्त्री साहलाई थाहा नभएको सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुको भनाइ छ ।
मन्त्रालयका सचिव सिँहले मन्त्री साहलाई सामान्य काममा समय खर्च नगरि महत्वपूर्ण काममा समय खर्च गर्न आग्रह गरेका थिए । कर्मचारी योग्यता, क्षमता तथा आवश्यकताका आधारमा सरुवा गर्ने निर्णय मन्त्रालयको कर्मचारी महाशाखाले गर्ने भएपनि मन्त्रीले पार्टी अध्यक्ष सिके राउतको निर्देशनअनुसार कर्मचारी चलाउन खोज्दा सरुवा प्रक्रियामा समस्या देखा परेको मन्त्रालयका कर्मचारीहरुको गुनासो छ । गृह मन्त्रालयबाट सामान्यमा आएका अनुभवी प्रशासक ३७ औँ पोष्टिङ भएका सचिवसँग प्रशस्त अनुभव भएकाले सो अनुभव मन्त्री साहसँग आदानप्रदान गर्नेक्रममा सचिव सिंह र मन्त्री साहबीच चर्काचर्कीको अवस्था सिर्जना भएको थियो ।
सामान्य प्रशासनमन्त्री बनेकी साहले कर्मचारीबीच समन्वय र समझदारी नगरी सचिव सिँहप्रति नकरात्मक बन्दै गएकी छिन् । तर वास्तवमा मन्त्री साह कर्मचारीहरुबीचमा देखिएको समस्या समाधान नगर्ने र क्षेत्राधिकारभित्र बाहिर गएर काम गर्न रुचाउँछिन् । यस्तो अभ्यासले मन्त्रालयका कुनै पनि कार्यमा सकरात्मक प्रतिफल नदिने सचिव सिंहको भनाइ छ । वास्तवमा मन्त्री भएपनि अनुभव नभएको कुरा अनुभवी मान्छेले सेयर गर्दा , कम्जोरी भएको विषयमा सुधार गर्न उत्प्रेरणा गर्दा सचिवले हेप्यो भन्ने कुरा मन्त्री गर्नु लजास्पद कुरा हो ।
यस अघि पनि मन्त्री अमनलाल मोदी र तत्कालिन सचिव कृष्णहरि पुष्करबीच पनि यस्तै विवादको अवस्था सिर्जना भएपछि ऐनले नै कर्मचारी सरुवामा मन्त्रीलाई अधिकार नदिएको बुझेपछि उनी सहज ब्याक भएका थिए । कर्मचारी सरुवासम्बन्धी नियमावलीको व्यवस्था हेर्दा सहसचिवको अन्तरमन्त्रालय सरुवामा बाहेक मन्त्रीको निर्णय आवश्यक पर्दैन । मन्त्रलयको उपसचिवको सरुवाको निर्णय सचिवले गर्न सक्छ । शाखा अधिकृतको सरुवा कर्मचारी प्रशासन महाशाखाका प्रमुख तथा सहसचिवले गर्ने हो । खरिदार सुब्बा लगायतका कर्मचारीको सरुवाको निर्णय महाशाखाकै तोकिएका उपसचिवले गर्ने नियमावलीमा व्यवस्था छ ।




