देश

चन्दलाई भेट्दै दुर्गा प्रसाईंले लेखे: आन्दोलनको तयारीस्वरुप अर्थपूर्ण भेट

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।

आन्दोलनको तयारीस्वरुप आफूले पूर्वप्रधानमन्त्री चन्दलाई भेटेको प्रसाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चन्दलाई ‘दाजु’ सम्बोधन गर्दै प्रसाईंले उनीसँग अर्थपूर्ण भेट भएको बताएका छन् ।

‘आन्दोलनको तयारीस्वरुप आदरणीय दाजु लोकेन्द्रबहादुर चन्दसँग अर्थपूर्ण भेटघाट तथा छलफल !’, उनले फेसबूकमा लेखेका छन् ।

प्रसाईंले गतसाता पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि भेटघाट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *