काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको पाँचौँ दिन जारी रहेको छ । गत मंगलबारदेखि पार्टी मुख्यालय वीपीनगर सानेपामा बसिरहेको बैठक शनिबार एक दिनको विश्रामपछि पुनः बसिरहेको हो ।
बैठकमा अझै अढाई दर्जन केन्द्रीय सदस्यहरुले सम्बोधन गर्न बाँकी छ । आज सबैले बोलिसक्ने जनाइएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजै बैठक सकिन पनि सक्ने तर बोल्न बाँकी सदस्यहरु धेरै रहेकाले भोलिसम्म चल्न सक्ने बताएका छन् ।
बैठकमा सबै सदस्यहरुले बोलेपछि निर्णयहरु पारित गरिने छ ।




