देश

जलजला–सिसाखानी सडक स्तरोन्नति

बागलुङ ।बागलुङको जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति प्रारम्भ भएको छ ।

पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ६ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो । यसअघि रु एक करोड ७६ लाख खर्चेर दुई किलोमिटर यो सडकको एक खण्ड विस्तार गरिएको थियो ।

पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि रु १ करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिट खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *