काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आएका नयाँ अनुहारहरु पुराना पाटी जतिको नटिक्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सरकारमा आएका नयाँ पाटीहरु लामो समय नटिक्ने बताएका हुन् ।
देशको परिवर्तनका लागि लड्दा पुराना पाटीले जस्तोे जेल नेल तथा कठोर सजाय भोग्नु परेको अवस्थामा नयाँ पाटीहरुले त्यसका लागि संघर्ष गर्न नसक्ने र लामो समय नटिक्ने उनको भनाइ छ । देशको परिवर्तनका लागि ठूला र पुराना पाटीहरुले कठोर सजाय भोग्नुपरेको स्मरण गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
अर्थमन्त्री महतले नेपाली कांग्रेस पाटी निर्माणमा धरै अफ्ठ्यो परिस्थितिको समाना गर्नुपरेको बताउँदै उनले भने,‘ अहिले आएका नयाँ पाटीले दोहोरो बाटो हिड्ने गरेकाले जनताप्रति विश्वास गुम्दै गएको । उनीहरु पुराना पाटी जतिको टिकेर काम गर्न सक्दैनन् ।’ पुराना पाटीले जति देशको समाजको परिवर्तनका लागि आवाज उठाउँदा भोग्नुपरेको सजाय नयाँ पाटीले भोग्नु परे कसरी नयाँ पाटीले टिक्ने भन्दै अर्थमन्त्री महतले प्रश्न गरे ।
अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौति दिएका छन् । सामाजिक संजालमा आलोचना गरेर र जनताको भावनामा खेलेर मात्र पाटीको निर्माण हुन नसक्ने उनले बताए । देश चलाउन एक कुशल नेता र संगठनको आवश्यकता रहेको उनको आशय छ ।
एक अर्काको आलोचना भन्दा पनि आँफूले गरेका गल्ति र प्रवितिको आलोचना गर्नु सकरात्मक हुने बताउँदै उनले भने ,‘ अब आलोचनालाई छोडेर नेतृत्वलाई बलियो बनाउदै जनतामा विश्वास बढाउन आवश्यक रहेको छ । सामाजिक संजालमा पाटीप्रतिको आलोचनाले जनताले कांग्रेप्रति प्रश्न उठाउन थालेकाले अब प्रश्नलाई मेटाउने बाटोतिर लाग्नु महत्वपूर्ण हुने बताए ।
‘पाटीका नेतारुबीच बढेको आलोचनाले मात्र संगठन मजबुद्ध हुन सक्दैन, संगठन मजबुद्ध र सक्रिय बनाउनका लागि ऐकिवद्धता चाहिन्छ उनले भने ।
असहमती र आँफूले देखेका कमिकम्जोरीका विषयमा सामाजिक संजाल हैन , केन्द्रिय समिति,जिल्ला समिति, क्षेत्रिय समिति, गाउँ नगर समितिमा गएर कुरा राखेर पाटीबीच छलफल र सहमती पश्चात निष्कर्ष पुगुपर्ने उनको भनाइ छ ।
यस्तै मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको समेत बताए ।




