समाचार

राष्ट्र बैंकको नयाँ नियम कायमपछि ३७ कम्पनीमा नकारात्मक असर

काठमाडौ । राष्ट्र बैंकद्वारा जारी निर्देशिकाको सीधा असर लघुवित्तको सेयरमा परेको छ । आज (बिहीबार) लघुवित्तको सेयरको अवस्थामा नकरात्मक असर देखिएकोे छ । लघुवित्तमा ४१२.०२ अंकको गिरावट भएको छ । आज सबैभन्दा बढी गिरावट समूहतर्फ ३७ वटा लघुवित्तमा नकारात्मक सर्किटमा पुगेका छन् ।

छिमेकी लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, समिट लघुवित्त वित्तिय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक, नयाँ सारथि लघुवित्त वित्तिय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तिय संस्था, जिवय लघुवित्ति संस्था लगायत ३७ लघुवित्तमा नकारात्मक सर्किटमा पुगेका हुन् । जसको कारण लगुवित्तलाई नकरात्मक असर परेको छ । आज यीनीहरुमा सेयर मूल्य १० प्रतिशतले गिरावट भएको छ ।

  • लघुवित्तको समुहमा भारी गिरावटका कारण समग्र सेयर बजार नै प्रभावित बन्न पुगेको छ । लघुवित्तप्रति नकारात्मक टिप्पणी चल्नु र राष्ट्र बैंकले सोही अनुसारको नीति लिनुले लघुवित्तका लगानीकर्ताहरू सेयर बिक्रीतर्फ बढी ध्यान दिएको देखिन्छ ।

सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको कारोबार ८ करोड ७० लाखभन्दा बढी कारोबार भएको छ । लघुवित्त कम्पनीहरूमा नकारात्मक सर्किटका कारण सेयर बजारको सूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा घटेर आएको छ ।
राष्ट्र बैंकले बुधबार १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने, एक लघुवित्तबाट ऋण लिएकाले अर्को लघुवित्तबाट ऋण लिन नपाउने र ऋणको सीमा सात लाखभन्दा बढी नहुने व्यवस्था कायम गरेको थियो ।

चर्को व्याज र ऋणीलाई मानसिक यातना दिएको भन्दै यसअघिदेखि नै लघुवित्त खारेजीको लागि दबाबमूलक कार्यक्रम गरिँदै आएपछि नेपाल राष्ट्र बैङकले यस्तो नीति लिएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले सार्वजनिक कार्यक्रममै लघुवित्तलाई सेयरका खेलाडीले बिगारेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि लगानीकर्ताहरूले सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *