अर्थ

पश्चिम सेती र सेती नदी परियोजना भारतीय कम्पनीले निर्माण गर्ने

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी–६ आयोजना भारतीय कम्पनीले निर्माण गर्ने भएको छ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड र दगानी वोर्डका बिचमा आयोजना बनाउने सम्झौतामा हस्ताक्षर भएको हो ।

७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी– ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिने सम्झौताको हस्ताक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा सम्पन्न भएको हो ।

समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतकातर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार एनएएचपीसीले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्ने छ ।

चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिने निर्णय सरकारले गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *