‘काठमाडौं । संसदबाट एमसीसी अनुमोदन भएपछि नोटमा लिएको प्रतिक्रिया दिएको चिनिया विदेशमन्त्रीको नेपाल भ्रमणका बेला भने एमसीसीबारे कुनै छलफल नभएको सरकारले दाबी गरेको छ ।
नेपाल भ्रमणमा रहेका चिनिया विदेशमन्त्री वाङ यीसँगको भेटवार्ताका क्रममा एमसीसीबारे कुरै नउठेको परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले जानकारी दिए । उनले भने,‘एमसीसीबारे कुनै कुरा उठेन । बरु मैले भनेँ कि नेपालले कुनै पनि देशबाट प्राप्त गर्ने विकास सहयोग विशुद्ध विकास लागि हुन्छन् ।’
विकास परियोजनामा राजनीतिक वा अन्य कुनै पनि सर्त स्वीकार नगर्ने बताएको उनले दाबी गरे । चिनिया विदेशमनत्रीसँगको भेटवार्ताका क्रममा आफुले भनेको विषयबारे मन्त्री खड्काले भने,‘कुनै पनि विकासका परियोजना राजनीतिक वा अन्य शर्तहरु स्वीकार गरेर लिँदनौं । कुनै पनि विकासका परियोजनाहरु विकासका कामका लागि प्रयोग गर्ने सुनिश्चितता हामी प्रदान गर्छौं भनेर मैले भनेको छु ।’
यसअघि नेपालको संसदबाट एमसीसी अनुमोदन भएपछि चिनिया विदेश मन्त्रालयका प्रवक्ताले नोटमा लिएको प्रतिक्रिया दिएका थिए ।




