काठमाडौं । एमसीसीको अनुदानमा नुवाकोटको रातमाटेमा बन्न लागेको सब–स्टेशनको जग्गा खाली गर्न एमसिए नेपालले सूचना जारी गरेको छ ।
४०० केभी रातामाटे सब–स्टेशनका लागि जग्गा अधिग्रण गर्न सबै प्रक्रिया पूरा भइसकेको र मुआब्जा लिएका सबै व्यक्तिलाई ३५ दिनभित्र जग्गा खाली गर्न एमसिएले भनेको हो ।
सब(स्टेशन निर्माणका लागि तारबार गर्नलाई अगाडि बढाउनु परेकोले मुआब्जा लिएकाहरुले जग्गा खाली गर्न सूचनामा भनिएको छ ।




