समाचार

चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेले देउवालाई दिए सफल हुने पाँच सूत्र

काठमाडौं । डा.स्वर्णिम वाग्ले नेपालका चर्चित युवा अर्थशास्त्री हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारसमेत भइसकेका वाग्ले आफ्नो विषयमा दक्ष मानिन्छन् । त्यसैले उनी विश्वभर नै चर्चित छन् ।

वाग्ले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एशिया प्रशान्त क्षेत्रीयको प्रमुख आर्थिक सल्लाहकारको रूपमा नियुक्त भएका छन् । उनै वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल हुने पाँच सूत्र सुझाएका छन् ।

१. खोप र जनस्वास्थ्य २. आर्थिक पुनरुत्थान ३. विधिको सुशासन ४. सन्तुलित परराष्ट्र सम्बन्ध ५. युवाकेन्द्रित आशाको सञ्चार । प्रधानमन्त्री देउवाले अब्बल सहयोगीहरुको चुस्त टोली बनाई माथि उल्लिखित सूत्रलाई प्राथमिकता दिएमा सफल लेगेसी छोड्ने वाग्लेले विश्वास व्यक्त गरेका छन् ।

विश्व अर्थतन्त्रबारे उनले लेखेका लेखहरू चर्चित पत्रपत्रिकामा छापिने गरेका छन् । उनलाई प्रतिभाशाली अर्थशास्त्रीका रूपमा अन्तर्राष्ट्रिय मिडियाले लेख्ने गरेका छन् ।

अष्ट्रेलियाको अष्ट्रेलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनले विश्व बैकको मुख्यालय, वासिङटन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *