समाचार

सोमबार पनि नेप्से दोहोरो अंकले बढ्यो, साढे नौ अर्वको कारोबार,११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) साताको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आइतबार पनि नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से २०.७१ अंकले बढेर दुई हजार सात सय ५९ दशमलब २२ विन्दुमा पुगेको छ । यस्तै, आज ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आज ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त वित्तिय संस्था, राधी विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स कम्पनी, गुरास लघुवित्त वित्तिय संस्था, बरुण हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ककनीखोला हाइड्रोपावर कम्पनी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *