अर्थ

सेञ्चुरीका ग्रहाकले गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिक प्रालिबीच सम्झौता भएको छ ।सेञ्चुरीका ग्रहाकलाई गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकमा विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको बैंकले जनाएको छ ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौतागरेको हो । सम्झौता अनुसार बैंकका क्रेडिट र डेबिट कार्डबहाक ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा.नियुक्ति अर्जालले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *