राजनीति

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया सुरू भएको छ । समितिका सभापतिको निर्वाचनका लागि चुनावी प्रक्रिया आजबाट सुरु हुने भएको हो ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार आज मतदाता रहेका प्रदेश सभा सदस्यको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको छ ।

जसअनुसार भोली प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ ।

सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक समिति सभापतिको निर्वाचन तय गरेका थिए, जसअनुसार आजवाट प्रकिया सुरू भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *