विश्व

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरुले जनाएका छन् ।

बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य सस्थामा गरेको आक्रमणमा घाइते भएका तीन जना चिकित्सकहरूलाई उपचारका लागि अस्पतालमा लगिएको जनाइएको छ । नबातीह जिल्लाको आदचित सहरमा भएको अर्को छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, हेजबुल्लाहले वादी अल–जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाहरू विरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ ।

इजरायल र लेबनानबिच अप्रिल – १६ देखि लागु भएको को युद्धविरामको बावजुद यो झडप भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *