देश

काठमाडौंमा सधैँ विपतिको बेला ग्यासको अभाव,कालोबजारी गर्ने व्यावसायीको लाइसेन्स खारेज गर्ने भन्दै मन्त्रीद्धारा ध्यानाकर्षण

काठमाडौं । बालेन सरकार गठन भएको ६ महिना पुग्दा समेत नेपालमा ग्यासको आपूर्ती सहज भएको छैन् । बालेन सरकारले नागरिकलाई दुःख दिने कार्य गर्ने जुनसुकै व्यावसायीहरुलाई कारबाही गर्ने अभिव्यक्ति दिएपनि खुल्लम –खुल्ला खाना पकाउने एपी ग्यासको अभाव खडा गरी विभिन्न ठाउँमा ग्यास व्यापारीहरुले तोकिएको मुल्यभन्दा बढी मुल्यमा मात्र बेचेका छैनन्, कतिपय ठाउँहरुमा त ग्यास डिलरबाट अयन्त्र पठाएर लुकाउने गरेका समाचारहरु पनि विभिन्न संचारमाध्यमहरुमा सार्वजनिक भइरहेका छन् ।

एक त उपभोक्ताहरुको भान्सामा ग्यास छैन्,हातमा पैसा छ, पठाउ चढेर बजारमा ग्यास खोज्न हिँडेको एक हप्तासम्म ग्यास नपाएको भन्दै बागमती प्रदेशको एक खोलामा एक पुरुषले मंगलबार साझ हाम फालेका थिए । तर सुरक्षाकर्मीले उनको सकुसल उद्धार गरे । भान्सामा ग्यास नहुँदा काठमाडौँ लगायतका कतिपय नागरिकहरु होटलमा गएर खाना खानुपर्ने बाध्यता रहेको बताउँछन् ।

उनीहरुले व्यावसायीहरु र सरकारले गरेको अपार्दर्शीता र अन्योलताका कारण आफूहरु भान्सा छोडेर खाना खान होटल तथा विभिन्न रेस्टुरेन्टमा जानुपरेका गुनासो गदैं आएका छन् । केही हप्ताअघि बालेन सरकारले व्यवसायीहरुका लागि सचेतना दिनकै लागि र पार्दर्शीता प्रदान गराउन नेपाल आयल निगमबाट मात्र ग्यास वितरण गराएको थियो । तर नेपाल आयल निगम र सरकारको यस्तो निर्णयका कारण नागरिकहरुले सास्ती भोग्नुपरेको थियो । दशौँ किलोमिटरबाट गाडीमा ग्यासको सिलिन्डर हालेर उनीहर निगम धाउनुमात्रै परेको थिएन्, ४८ औँ घण्टादेखि लाइन समेत उपभोक्ता बस्नुपरेको थियो । त्यहाँ पनि पारदर्शी रुपमा ग्यास वितरण नभएर शक्ति, सत्ता र पावरमा हुनेहरुका नाता –आफन्तहरुले मात्र ग्यास पाएको केही उपभोक्ताहरुले गुनासो गरेका थिए ।

नेपाल आयल निगमले सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगम लिमिटेडको प्रतिवद्धता भन्दै पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गएको कारणबाट अवरुद्ध भएकोले काठमाडौं, धादिङ्ग तथा काभ्रेपलाञ्चोकमा भएका ग्यास उद्योगका ग्यास सिलिण्डरहरु अर्को व्यवस्था नभए सम्मका लागि वारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरुमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो ।

भदौ २० गते मात्र २९ हजार २ सय ४९ वटा विभिन्न कम्पनीका ग्यास सिलिन्डर काठमाडौं पठाएको र विक्रिवितरण जारी रहेको निगमले जनाएको छ । तर उपभोक्ताहरु ग्यास किन्न विभिन्न डिलरहरुमा पुग्दा ग्यास व्यसायीहरुले अभाव देखाउने गरेको गुनासो सार्वजनिक भएपछि ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै बुधबार नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ । विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन् । उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै बजारमा ग्यासको अभाव देखाउने, कालोबजारी गर्ने र उपभोक्ताहरुलाई मारमा पार्ने उद्योगी व्यावसायीहरुको लाइसेन्स खारेज गर्ने भन्दै ग्यास आपूर्तिसम्बन्धी उद्योग समितिमा भएको छलफलमा उद्योगमन्त्री गौरी यादवले व्यवसायीहरूको ध्यानाकर्षण गराएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाईंले प्रतिनिधि सभा बैठकमा आक्रोश व्यक्त गर्दै बजारमा ग्यास अभाव भएका कारण बजारमा मुख (अनुहार) देखाएर हिँड्ने ठाउँ नभएको भन्दै मन्त्री तथा सरकारले कडा याक्सन लिनुपर्ने बताएका छन् । सरकारले यस्तो अवस्थामा रमिता हेरेर बस्दा आगामी दिनमा सरकारप्रति नागरिकको विश्वास कस्तो हुन्छ भन्दै उनले बालेन सरकारप्रति प्रश्न गरेका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *