देश

गैंडाकोटमा दुई बस ठोक्कियो, १८ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् ।घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *