राजनीति

संसदीय दलको नेतामा पराजित भएका लामा मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा

काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो सरकार संविधानको दायराभित्र रहेको दाबी गरे।

“मैले राजीनामा दिनुपर्ने कुनै संविधानिक आधार छैन,” लामाले भने, “हामी धारा १६८ ९९० अनुसार गठन भएको सरकार हौं, र त्यो अनुसार दलको नेता हुनु अनिवार्य छैन।” उनले संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नपाइने प्रावधान रहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकार अझै स्थिर रहेको जिकिर गरे।

“सबै राजनीतिक दलले स्थायित्व खोजिरहेका छन्, त्यसैले सरकार अहिले नढल्ने निश्चित छ,” उनले दाबी गरे।
हालै सम्पन्न मतदानमा बानियाँले लामालाई २२–१४ को मतान्तरले हराएका थिए। तर, दलको नेताबाट हटिएको आधारमा मुख्यमन्त्रीको पद पनि गुम्ने भन्ने धारणा आफूले नमानेको लामाको अडान छ।

अबको राजनीतिक समीकरण र गठबन्धनको निर्णयले बागमती प्रदेश सरकारको स्थायित्व कति समय टिक्ने हो भन्ने प्रश्न उब्जिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *