देश

सामाजिक विकासमन्त्री खड्गीद्वारा शिक्षा, स्वास्थ्य र समावेशीतामा जोड (पूर्णपाठसहित)

काठमाडौं । बागमती प्रदेश सामाजिक विकासमन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ)ले आर्थिक वर्ष २०८१/८२ गरेका प्रमूख उपलब्धीहरु सार्वजनिक गरेकी छन् । मन्त्री खड्गीले आइतबार आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ गरेका प्रमूख उपलब्धीहरु सार्वजनिक गरेकी हुन् । प्रदेश लगायत देशको समग्र विकासमा नेतृत्वले प्रमूख भूमिका खेल्नुपर्ने बताउँदै आएकी मन्त्री खड्गीले शिक्षा, समावेशिता, सीप विकास र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै नीति, कार्यक्रम, कानुन र पूर्वाधार विकासमा ठोस योगदान पुर्‍याएकी छन्।

मन्त्री खड्गीको कार्यकालमा विज्ञान, प्रविधि, नवप्रवर्तन र विकास कोष ऐन, २०८१ र बागमती विश्वविद्यालय विधान, २०८१ जस्ता महत्वपूर्ण कानुनी दस्तावेज पारित भए। साथै, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सम्बन्धी नीति, २०८१ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ स्वीकृत गरेर समावेशी नीतिगत आधार मजबुत बनाइएको छ।

उनको कार्यकालमा आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ मा रेबिज र सर्पदंश खोपदेखि लिएर शिक्षण सिकाइ सहयोग, बालविकास केन्द्र स्तरोन्नति, अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, व्यवसायिक योग्यता प्रणाली, विद्यालय व्यवस्थापन सुधार, पुस्तकालय सुदृढीकरण लगायत १० भन्दा बढी कार्यविधि स्वीकृत गरिएका छन्। विद्यालय र क्याम्पस तहसम्म शिक्षा पहुँच विस्तार र गुणस्तर सुधार गर्न व्यापक कार्यक्रम सञ्चालन गरियो। मन्त्री खड्गीले नमुना विद्यालय, विद्यालय व्यवस्थापन सुधार, स्वच्छ खानेपानी र शौचालय निर्माण, घेराबार, छात्रावास, खेल मैदान, र आवासीय विद्यालय सञ्चालन जस्ता कार्यक्रमहरु संचालनमा ल्याएपछि हजारौं विद्यार्थी लाभान्वित भएका छन् ।

यस्तै उनले सीपमूलक तालिम र स्वरोजगारमा जोड दिएकी छिन् । बागमती प्रदेशमा मन्त्री खड्काको पहलमा युवायुवतीहरूलाई लक्षित गर्दै ३६०० जनालाई तीन महिने सीप विकास तालिम प्रदान गरिएको छ। सो कार्यक्रम अन्तर्गत महिला र पुरुष दुवैलाई विभिन्न १५ भन्दा बढी व्यवसायिक विधामा तालिम दिइएको छ, जसबाट उनीहरूमा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन भएको देखिएको छ। कम्प्युटर, सिलाइ, मेकानिक, रेष्टुराँ सेवा, गाडी मर्मत जस्ता सिपमुलक तालिम प्रदान गर्न उनले महत्वपूर्ण भूमिका खेलेकी छन् ।

मन्त्री खड्गीको नेतृत्वमा बागमती प्रदेशमा सामाजिक क्षेत्रको रूपान्तरणतर्फ ठोस कदम चालिएको देखिन्छ। शिक्षा, स्वास्थ्य, समावेशिता र सीप विकासमा आधारित यी प्रयासहरू आगामी वर्षहरूमा स्थायी सुधार र सामाजिक न्यायको आधारशिला बन्ने अपेक्षा गरिएको छ।

मन्त्री खड्गीले आर्थिक वर्ष २०८१/०८२ मा गरेका प्रमुख उपलब्धीहरु :

२०८१०८२-मा-भएका-प्रमुख-कार्यहरु (1)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *