राजनीति

गृहमन्त्रीको रास्वपामाथि कडा प्रश्न : लामिछाने अमेरिकामा भिजिट भिसामा गएका होइनन् ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछानेको अमेरिकी भिसाबारे खुलेर प्रश्न उठाएका छन्। उनले लामिछाने अमेरिकामा भिजिट भिसामा गएको हो कि होइन भनेर स्पष्ट पार्न रास्वपालाई आग्रह गरे।

गृहमन्त्री लेखकले भने, माननीय रवि लामिछाने जी, जो यस सभाका सदस्य समेत हुनुहुन्छ, उहाँ कुनै समय भिजिटर भिसामा अमेरिका जानुभएको भन्ने सुनेको थिएँ। त्यो सत्य हो कि होइन, जानकारी दिनुहोस।

उनको जिज्ञासा यति मात्रमा सीमित रहेन। उनले थपे, यदि भिजिट भिसामा गइएको हो भने, त्यसै भिसामा बसेर अमेरिकी नागरिकता लिन मिल्छ त ? अनि त्यस्तो भिसाको दुरुपयोग गर्ने पार्टीले अरूलाई नैतिकताको पाठ पढाउने नैतिक आधार कहाँबाट आउँछ ? लेखकले रास्वपाका नेताले नैतिकताको सवाल उठाउने हो भने त्यो आफूबाट सुरु गर्नुपर्ने टिप्पणी पनि गरे।

यो विषयले लामिछानेको विगतको अमेरिकी बसाइ, नागरिकता त्याग, र नेपालको नागरिकता पुनः प्राप्तिसम्बन्धी बहसलाई फेरि उजागर गरिदिएको छ। गृहमन्त्रीका टिप्पणीले संसदमा राजनीतिक हिसाबकिताब र पारदर्शिताबारे चर्को बहसको संकेत गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *