देश

संवैधानिक इजलास निर्णायक घडीमा: न्यायाधीशहरू छलफलमा

काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति वैध कि अवैध भन्नेबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउने भनिए पनि निर्णय अझै आउन सकेको छैन।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीश बुधवार बिहान ११ बजेदेखि छलफलमा छन्। साँझ करिब ५ बजेसम्म पनि निर्णय सार्वजनिक भएको छैन।

२०७७ साल माघ २१ र २०७८ असार १० मा अध्यादेशमार्फत संशोधित कानुन अनुसार गरिएका ५२ पदाधिकारी नियुक्तिविरुद्ध दर्ता भएका १५ वटा रिट एकसाथ सुनुवाइ हुँदै आएको थियो।

यही मुद्दामा बहस १ जेठमा सकिएपछि २८ जेठमा निर्णय सुनाउने मिति तोकिएको थियो। तर न्यायाधीशहरूबीच पर्याप्त छलफल नहुँदा फैसला स्थगित भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *