देश

महाधिवेशन मङ्सिरमै होस्, ढिलाइ स्वीकार्य छैन: नेता कोइराला

चितवन।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनले बताए ।

अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा उनले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, “विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *