देश

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । स्पेन जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् ।त्यसअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *