राजनीति

एमालेले फुकायो विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि लगाइएको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको सचिवालय बैठकले दुबै नेताको निलम्बन हटाउने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै संगठनात्मक प्रक्रियाअनुसार उनीहरूलाई पुनः सक्रिय जिम्मेवारीमा फर्काउने बाटो खुलेको जानकारी दिए। यस निर्णयले पार्टीभित्रको आन्तरिक समन्वय र एकता सुदृढ गर्ने संकेत देखिएको छ।

यसअघि पार्टीको विरोधमा अवरोध खडा गरेको भन्दै एमालेले उनीहरुमाथि कारबाही गरेको थियो । एमालेले उनीहरुलाई पदबाट हटाएपछि एमालेको चौतर्फी विरोध भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *