राजनीति

प्रचण्डसहित गृहमन्त्री र रक्षामन्त्री संसदको समितिमा उपस्थित

काठमाडौं । नेताहरू प्रायः संसदीय समिति र संसद बैठकमा कमै देखिन्छन्। तर आज केही अपवाद देखियो।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भए। उनीसँगै गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई पनि बैठकमा सहभागी भए।

शीर्ष नेताहरूको यस्तो उपस्थिति दुर्लभ मानिन्छ, जसले आजको बैठकलाई विशेष बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *