राजनीति

रास्वपा र राप्रपाको संसदीय व्यवहार : प्रतिपक्ष कि प्रदर्शनको मञ्च ?

काठमाडौं । आइतबार पनि रास्वपाले पुनः प्रतिनिधिसभामा नाटकिय दृश्यमा अराजक शैली प्रस्तुत गरेको छ । शनिबार अराजकशैलीमा सडकमा नाराबाजी गर्दै जनताको ध्यान तान्ने प्रयास गरेका राप्रपाले अब संसदलाई प्रदर्शनस्थल बनाउने रणनीति अख्तियार गरेका छन्। सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाउन खोजेपछि, राप्रपा आक्रोशित हुँदै सभाकक्ष नै बहिस्कार गर्‍यो। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि वेल घेरेर विरोधमा उत्रिएको छ।

यी दुई दलले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदलाई २६ दिनदेखि ठप्प पारेका छन्। तर प्रश्न उठ्न थालेको छ—के यस्तो अवरोध जनउत्तरदायी व्यवहार हो, वा संसदलाई असक्षमता देखाउने नयाँ शैली ? जहाँ नागरिक समस्या र विधायन प्रक्रिया अगाडि बढाउनुपर्ने थियो, त्यहाँ निरन्तरको अराजकता र अवरोध जनप्रतिनिधिको भूमिका माथि नै प्रश्न उठाउँछ।

यसरी संसदलाई अवरोधको थलो बनाउनुले राजनीतिक दलहरूको जिम्मेवारी र प्राथमिकता कहाँ केन्द्रीत छ भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *