राजनीति

संसदको गतिरोध अन्त्य गर्ने विषयमा सत्ता–प्रतिपक्षबीच फेरि पनि जुटेन सहमति,गगन र वर्षमानसहितका नेता जुटे छलफलमा

काठमाडौं । संसद सञ्चालनको प्रयासस्वरूप आज सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको सत्ता र प्रतिपक्षी दलहरूको संयुक्त बैठक पनि निष्कर्षविहीन बनेको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको मागमा अडिग रहेका प्रतिपक्षी दलसँग सत्तापक्षको सहमति जुट्न नसक्दा संसद गतिरोध कायम रहेको हो।

संयुक्त बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका शीर्ष नेताहरू सहभागी थिए। तर, मुख्य विषयमा मतभेद चर्किएपछि कांग्रेस र माओवादी केन्द्रले आन्तरिक छलफल थालेका छन्। कांग्रेसतर्फ उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रतर्फ वर्षमान पुनले नेतृत्व गरेका छन्।

सहमति खोज्दै प्रमुख सचेतकहरूबीच छुट्टै बैठक बसेको छ । कांग्रेसका गगन थापा, श्याम घिमिरे, एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र विराजभक्त श्रेष्ठ सहभागी छलफलमा जुटेका हुन् ।

जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका प्रतिपक्षीहरू गृहमन्त्रीको राजीनामा नभएसम्म सदन चल्न नदिने अडानमा छन्। यसले गर्दा संसद सञ्चालन कहिले हुने भन्ने अझै अन्योलमै छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *