राजनीति

अदालती प्रक्रिया अपूर्ण रहँदा निर्वाचन आयोगलाई कारबाही नगर्न नेसपाको आग्रह

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले निर्वाचन आयोगलाई अदालतको प्रक्रियालाई प्रभाव पार्ने गरी कुनै पनि कारबाही अगाडि नबढाउन आग्रह गरेको छ। पार्टीले अदालतमा विचाराधीन विषयका सम्बन्धमा आयोगबाट भएको पछिल्लो चेतावनीप्रति आपत्ति जनाउँदै औपचारिक पत्राचारमार्फत आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेको हो।

निर्वाचन आयोगले नेसपालाई ुनयाँ शक्ति पार्टीु को लेटरहेड र चिन्हको प्रयोग नगर्न भन्दै सचेत गराएको थियो। तर, नेसपाले आफू नयाँ शक्ति नभई वैधानिक रूपमा २०७८ साल वैशाख १५ गते दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टी भएको र २०७९ साल साउन १२ गते आयोगकै निर्णयअनुसार नाम परिवर्तन गरी ‘नेपाल समाजवादी पार्टी’८८मा रूपान्तरण भएको स्पष्ट पारेको छ।

पार्टीको तर्फबाट आयोगलाई पठाइएको पत्रमा भनिएको छ, “नेपाल समाजवादी पार्टी ९नेसपा० को कुनै पनि सम्बन्ध ुनयाँ शक्ति पार्टीु सँग छैन। आयोगमा दर्ता हुने बेलासम्म नयाँ शक्ति भन्ने नाम प्रयोगमा नै थिएन।”

यसअघि आयोगले लेटरहेड र चिन्हको विषय उठाउँदै कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको थियो। तर, नेसपाले सर्वोच्च अदालतमा पार्टीको पदाधिकारी सम्बन्धी मुद्दा विचाराधीन रहेको र यस्तो अवस्थामा आयोगको कुनै कारबाही अदालतको मानहानी हुने बताउँदै सावधानी अपनाउन आग्रह गरेको हो।

नेसपाले आयोगसँग संविधान र कानुन अनुसार निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न पनि अनुरोध गरेको छ। पार्टीले यथास्थितिमा कुनै निर्णय नगरिई, अदालतको टुंगो नलागेसम्म आयोगबाट हस्तक्षेपजन्य कार्य रोक्न आग्रह गर्दै संवैधानिक संस्थाको गरिमा कायम राख्न आग्रह गरेको छ।

यससँगै, आयोगले उठाएको चिन्ह र नाम दुरुपयोगको विषयमा कुनै वैधानिक आधार नरहेको भन्दै नेसपाले आयोगलाई पुनर्विचार गर्न पनि अनुरोध गरेको छ। यस घटनाले निर्वाचन आयोग र राजनीतिक दलबीचको संवेदनशील सम्बन्धलाई झल्काउँदै, संविधानसम्मत प्रक्रियाको सम्मान र न्यायिक स्वतन्त्रताको सवाललाई पुनः सतहमा ल्याएको छ।nesapa

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *