राजनीति

संसद गतिरोध हल गर्न सत्ता र विपक्ष दलको छुट्टा छुट्टै छलफल

काठमाडौं । संसद सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा आज संयुक्त छलफल भएको थियो। तर त्यसपछि सत्ता पक्ष र विपक्षी दलहरू आ–आफ्नो समूहमा छुट्टाछुट्टै छलफलमा जुटेका छन्।

सभामुखले आजको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन्। बैठकअघि भएको छलफलमा सत्तापक्षले विपक्षीलाई गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन आग्रह गरेको थियो। सत्तापक्षले विपक्षीहरूको धारणा सकारात्मक रहेको जनाएको छ भने विपक्षीहरूले भने आफ्नो अडान स्पष्ट राखिएको बताएका छन्।

विपक्षी दलहरूको मुख्य माग भने २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नु हो। उनीहरूले राज्यका जिम्मेवार व्यक्तिहरुको संलग्नतामा मानव तस्करी भएको आशंका गर्दै सशक्त अनुसन्धानको माग गरेका छन्। संसद खुलाउने सहमति खोज्न अहिले दुवै पक्ष छुट्टाछुट्टै रणनीतिक छलफलमा छन्। अबको सहमति संसद सञ्चालनको दिशा तय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *