राजनीति

लामो समयपछि शेखर र गगनको भेटवार्ता : सम्बन्ध सुधारको संकेत

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ। आज बिहान बालुवाटारस्थित कोइरालाको सचिवालयमा दुई नेताबीच संवाद भएको हो।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, दुबैले पार्टीभित्रका समसामयिक विषयमा कुराकानी गरे। यसअघि उनीहरूबीच गएको असार ३० गते मन्त्री चयनबारे छोटो छलफल भएको थियो।

पार्टीको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका यी नेताहरूबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा थियो। तर आजको भेटले सम्बन्ध सुधारको संकेत दिएको देखिएको छ।

अब यी दुई नेताको सहकार्य कांग्रेसभित्रको गुटीय राजनीति कति हदसम्म सहज बनाउछ भन्नेमा चासो बढेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *