देश

गभर्नर नियुक्तिको तयारी : सिफारिस समिति बैठक अर्थ मन्त्रालयमा जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति बैठक जारी छ।

बैठकले गभर्नर पदका लागि तीन जना योग्य व्यक्तिको नाम सिफारिस गर्ने तयारी गरेको छ। हालसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रा.डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने समझदारी बनेको बताइएको छ। गभर्नर सिफारिस समितिमा अर्थमन्त्री पौडेलसँगै पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

नेपाल राष्ट्र बैंकमा चैत २४ गतेदेखि गभर्नर पद खाली छ। त्यसयता डेपुटी गभर्नर नीलम ढुंगानाले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हाल्दै आएकी छन्। नयाँ गभर्नर नियुक्तिपछि राष्ट्र बैंकको नेतृत्व स्थायीतर्फ जान सक्ने अपेक्षा गरिएको छ।

विश्वनाथ पौडेल गभर्नर बन्ने निश्चित, ओली–देउवा सहमत

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले त्तत्काल निर्णय नलिए, सत्तासमिकरण परिवर्तन हुने संकेत

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *