राजनीति

सरकारलाई अस्थिर बनाउने सपना दिवास्वप्न मात्रः सांसद महतो

काठमाडौं । नेकपा (एमाले) की सांसद जुलिकुमारी महतोले मुलुकमा राजनीतिक स्थायित्वको नयाँ युग सुरु भएको दाबी गर्दै सरकारलाई अस्थिर बनाउने दिवास्वप्न नदेख्न चेतावनी दिएकी छिन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतोले दुई ठूला दलबीचको सहकार्यले सरकारलाई बलियो बनाएको र कुनै पनि मनगढन्ते प्रयासले सरकार ढाल्न नसक्ने स्पष्ट पारिन्। उनले भनिन्, अब सत्ताको खेल होइन, स्थायित्वको युग सुरु भएको छ। जो कोहीले मनगणन्ते सपना देखेर सरकार ढालिन्छ भन्ठान्नुभएको छ भने सम्झनुहोस्, दिनमा देखेको सपना कहिल्यै साकार हुँदैन।

महतोले जनताको मुख्य अपेक्षा शान्ति, स्थायित्व र विकास रहेको उल्लेख गर्दै साझा सपना पूरा गर्न सबै दलहरू एकजुट हुनुपर्ने बताइन्। जनताले ल्याएको लोकतन्त्र जनताले नै बचाउँछन्। त्यसका लागि सबैले साझा सपना देख्न र लक्ष्य लिन जरुरी छ,उनले भनिन्।

उनको भनाइले वर्तमान सरकारलाई अस्थिर बनाउने प्रयत्नलाई असफल बनाउने स्पष्ट सन्देश दिएको छ। साथै, उनले अस्थिरताको राजनीति समाप्त गरी विकास र समृद्धिको यात्रामा अघि बढ्न दलहरूलाई आह्वान गरिन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *