काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले चैत १७ गते पार्टी सभापति रवि लामिछानेलाई बुझाएको राजीनामा एक महिनासम्म पनि स्वीकृती भएको छैन् । पार्टी नेतृत्वले श्रेष्ठको राजीनामा होल्डमा राखेपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । सुमना श्रेष्ठले आफूले पार्टीको सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृति नगर्दिएपछि उनी अन्यौलमा परेकी छन् ।
उनी विभिन मिडियामा दिएका अन्र्तवातामा रास्वापाले आफ्नो राजीनामा स्वीकृति नभएको गुनासो गर्दै आएकी छिन् । सुमनाले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएको सन्देश बाहिर आएपछि रास्वपाभित्र खैलाबेला मचिएको थियो । रास्वपाले स्ुमनालाई सोही पदमा फर्काउन खोजेको बुझिएको छ । सो चर्चा बाहिर आइसकेपछि सुमनाले आफूले दिएको राजीनामा फिर्ता लिन्छिन् त ?
श्रेष्ठले एक व्यक्ति, एक पदु को सिद्धान्तलाई आधार बनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन्। उनले पार्टीभित्रको निर्णय प्रक्रिया, कार्यशैली र जनअपेक्षासँग मेल नखाने व्यवहारप्रति असन्तुष्टि जनाएकी छन्। राजीनामा पत्रमा उनले पार्टीले सहकारी ठग को ट्याग चिर्न नसकेको र पुराना दलभन्दा फरक हुन नसकेको उल्लेख गरेकी छन् ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजीनामा स्वीकृत गर्ने अधिकार भए तापनि, नयाँ सहमहामन्त्री चयन गर्दा उत्पन्न हुने प्रतिस्पर्धा र आन्तरिक असमझदारीका कारण निर्णयमा ढिलाइ भएको बताइएको छ। कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, श्रेष्ठ अझै सहमहामन्त्रीको भूमिकामा सक्रिय छन् र राजीनामा विचाराधीन अवस्थामा छ।
श्रेष्ठको राजीनामा स्वीकृत भएमा उनी सांसद तथा पार्टी केन्द्रीय सदस्य मात्र रहनेछिन्। पार्टीभित्रको यो अनिर्णयले रास्वपाको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियामा सुधार आवश्यक रहेको संकेत गरेको देखिन्छ ।




