काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अहिले गम्भीर आन्तरिक संकटको चपेटामा परेको छ। सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरण र निर्णय प्रक्रियामा देखिएको अपारदर्शिताले पार्टी विभाजनको संघारमा पुगेको संकेत दिन थालेको छ।
सहमहामन्त्री सुमना श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै दिएको राजीनाले रास्वपाको आन्तरिक कमजोर पक्षको झल्को दिएको छ । उनले राजीनामामार्फत पार्टीभित्रको नेतृत्व शैली, गम्भीर मुद्दामा चुप्पी, र जनअपेक्षाको बेवास्ता भएको कुरामा खुलेर टिप्पणी गरेकी छन्।
रास्वपा सांसद सुमना श्रष्ठले नयाँको नाम दिएको रास्वपाले पुराना दलहरुले जति पनि डेलिभरी दिन नसकेको टिप्पणी गर्दै आगामी दिनमा नेतृत्व शक्तिमा बलियो शक्ति जन्माउन जनताका मुद्धालाई लिएर अगाडी बढ्नुपर्ने उल्लेख गरेकी छन् । उनका अनुसार रास्वपाले जनताको विश्वास जिते पनि त्यो विश्वासलाई कार्यमा रूपान्तरण गर्न असफल भएको छ। “हामीले सहकारी ठगीको आरोप चिर्न प्रतिसोधको नारा मात्रै अघि बढायौं,” भनेर उनले पार्टीको नीतिगत दिशाविहीनताप्रति गम्भीर प्रश्न उठाएकी छन्। पार्टीमा निर्णय प्रक्रियाको लोकतान्त्रिक अभ्यास कमजोर भएको पुष्टि गर्दै उनले पदाधिकारीहरूले पूर्वजानकारी नपाई महत्त्वपूर्ण निर्णयहरू थाहा पाउने अवस्था हुनु, संगठनात्मक अनुशासन र पारदर्शिताको घातक अभाव भएको निष्कर्ष निकालेकी छन् ।
सभापति लामिछानेमाथि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि रास्वपाभित्र एक किसिमको भूकम्पीय हलचल सुरु भएको हो। अहिले पार्टीभित्र स्पष्ट रूपमा तीन धार देखिन्छन् । सभापतिको विरोध गर्नेहरू,सभापतिको बचाउमा उभिनेहरू, तटस्थ रही पार्टीलाई बचाउन खोज्नेहरू।
रास्वपाभित्र देखिएको यस्तो विभाजनले पार्टीमा एकताभन्दा असमझदारी हावी हुन थालेको प्रस्ट पारेको छ । लामिछानेले राजावादी हिंसा प्रकरणमा समेत स्पष्ट धारणा दिन नसकेको आरोप लगाइएको छ, जसले पार्टीको वैचारिक अस्पष्टता झनै गहिरो बनाएको छ। विचारधारात्मक अस्पष्टता, असहज निर्णय प्रक्रिया, र नेतृत्वप्रतिको असन्तुष्टिले गर्दा पार्टीभित्र ‘नयाँ समूह’ गठन हुने संकेत देखा पर्न थालेका छन्। रास्वपाभित्र सो विवाद समाधान भएनन् भने रास्वपा राजनीतिक अस्तित्वमै संकटमा पर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
सर्वसाधारण जनताबीच ‘नयाँ आशा’ बनेको रास्वपा अहिले शंका र आलोचनाको केन्द्रमा परिणत भएको छ। “हामीसँग कुनै ठगीको काण्ड छैन” भन्ने दाबीले ठाउँ छोडेको छ, र विश्वासको जग हल्लिन थालेको प्रष्ट नै भइसकेको छ । रास्वपा सभापतिमाथि दोहोरो नागरिकता र पासपोर्ट काण्ड,शालीग्राम आत्महत्या प्रकरण,सहकारी ठगीको अभियोग,र राष्ट्रिप परिचयपत्र को डेन्डरमा समेत बदमासी गरेको आरोपहरु सामाजिक संजालमा प्रकाशन भइसकेका छन् । अझै पनि लामिछाने र उनका समर्थकहरुको सर्पोटले लामिछाने निर्दोष भन्दै सडकमा मास जम्मा गर्ने रणनीतिमा लाग्न थालेपछि रास्वपाभित्र कै नेता तथा कार्यकर्ताहरुले आफ्ना सभापतिको कुदृष्टिका बारेमा स्पष्ट हुन थालेका छन् ।
रास्वपा अहिले वैचारिक दिशाविहीनता, नेतृत्वको अपारदर्शिता, र आन्तरिक असमझदारीको दलदलमा फसेको देखिन्छ। सुमना श्रेष्ठको राजीनामा मात्र एक प्रतिनिधि घटना हो— यो पार्टीभित्र गहिरिँदै गएको समस्या र क्षयको संकेत हो। अब पनि आत्मसमीक्षा र सुधार नगरे, रास्वपा पनि पुराना दलकै गन्तव्यतिर लम्किने खतरा उत्तिकै बलियो छ।
सहकारी ठगीमा सभापति लामिछाने थुनामा परेपछि रास्वपाको महाधिवेशन सरेको छ । महाधिवेशन १० महिना धकेलिएर फागुनमा पुगेको हो । बिहीबार बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । रास्वपाले २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको छ ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको झाले जानकारी दिए । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भएको तथा सातवटै प्रदेशमा समिति बनेको समेत उनले बताए । रास्वपाले आफ्नो प्रादेशिक कमिटीहरलाई सशक्त बनाउने भएको छ । आज बसेको केन्द्रीय समिति वैठकले सात वटै प्रदेशमा इन्चार्जसमेत तोकेको छ ।
कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेसको जिम्मेवारी मनिष झा, बाग्मतीको इन्चार्ज लिमा अधिकारी र गण्डकीको शिशिर खनाललाई जिम्मेवारी दिएको छ । यस्तै, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिममा हरि ढकाललाई इन्चार्ज बनाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
१, कोशी प्रदेशको इन्चार्ज –सन्तोष परियार
२, मधेस प्रदेशको इन्चार्ज –मनिष झा
३, बागमती प्रदेशको इन्चार्ज –लिमा अधिकारी
४, गण्डकी प्रदेशको इन्चार्ज– शिशिर खनाल
५, लुम्बिनी प्रदेशको इन्चार्ज –विपिन कुमार आचार्य
६, कर्णाली प्रदेशको इन्चार्ज –गणेश पराजुली
७, सुदूरपश्चिमको इन्चार्ज – हरि ढकाल
रास्वपाले महाधिवेशनका लागि पार्टीलाई सक्रिय बनाउन पार्टी प्रतिनिधिहरु विभिन्न जिल्लामा परिचालन गरेको छ । तर आगामी दिनमा रास्वपा सांसदहरुले कस्तो नेतृत्व गर्लान रु सो विषयमा समेत रास्वपा थप विवादमा लम्किने देखिन्छ । रास्वपाभित्र नेतृत्व शक्ति बलियो भएपनि ठोस निर्णय निकाले र रास्वपालाई स्वतन्त्र बनाउन नसकेको गुनासो समेत रास्वपाभित्र छ । रास्वपा सभापति सहकारी ठगी प्रकरणमा मुछिएपछि निष्पक्ष अनुसन्धानलाई सहयोग गर्दै पार्टी र संगठन निर्माण र देशका राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा रास्वपा सांसदहरुले भूमिका निर्वाह गर्न नसक्दा रास्वापको नेतृत्व संकटमा पर्ने खतरा बढेको राजनीतिक विश्लेषकहरुले बताउदैँ आएका छन् ।
यस्तै रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएपछि रास्वपाको कारबाहीमा परेका महामन्त्री मुकुल ढकालले सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै रास्वपा सही ढंगबाट अगाडी बढ्न नसकेको टप्पणी गरेका छन् । उनले आज मात्र होइन्, रास्वपा सभापतिले रास्वबाट निलम्बित गरेपछि रास्वपाका बारेमा स्पष्ट गुण र दोष छुट्याउँदै आएका छन् , मुकुल ढकालले । ढकालले यसअघि सभापति लामिछानेलाई रविको क्लबबाट रास्वपा बनाउनुपर्ने भन्दै पार्टीको नेतृत्व क्षमकतामाथि बारम्बार आलोचना गर्दै आएका छन् । ढकालले नयाँ पार्टीले जस्तो राष्ट्रिय एजेण्डा नागरिकहरुका मुद्धालाई वास्तविक रुपमा बाहिर ल्याएर समाधान गर्नुपर्ने भन्दै रास्वपालाई यसअघिदेखि नै सुझाव दिदैँ आएका थिए ।
उनले सामाजिक संजालमा यस्तो लेखेका छन् –





