काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आउँदो वैशाख १२ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुवै सदनको बैठक आह्वान गरेका छन्।
बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो। यो अधिवेशनलाई बजेट अधिवेशनको रूपमा लिइएको छ, जसमा सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि छलफल हुने अपेक्षा गरिएको छ।




