काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई आगामी चैत २६ गते भृकुटीमण्डपमा आयोजना गर्न चाहेको आमसभाको स्थल परिवर्तन भएको छ ।
जिल्ला प्रशासनले हाल भृकुटीमण्डपमा शिक्षकको आन्दोलन र राष्ट्रिय जनमोर्चाका कार्यक्रम जस्ता पूर्व निर्धारित कार्यक्रमहरू चलिरहेकाले सुरक्षाको संवेदनशीलता उच्च प्राथमिकतामा राख्दै सो क्षेत्रमा आमसभा नगर्न राप्रपालाई आग्रह गर्दै उक्त दिनको कार्यक्रमस्थल परिवर्तन गर्न सुझाव दिएपछि राप्रपाले आकस्मिक बैठक बसेर बल्खुमा निर्धारित कार्यक्रम गर्ने घोषणा गरेको हो ।
जिल्ला प्रशासन काठमाडौंले राप्रपालाई चैत्र २६ गतेको आमसभाका लागि सिफल या बल्खुमा क्षेत्र रोज्न आदेश दिएको थियो । भृकृटीमण्डपमा सुरक्षाको जोखिम थप बढेकाले उक्त क्षेत्रमा कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो । प्रशासनका अनुसार जिल्ला सुरक्षा समितिको सुझावको आधारमा गरिएको हो । प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले आइतबार राप्रपालाई लेखेको पत्रमा उक्त कुरा उल्लेख गरिएको थियो ।
राजधानीको तीनकुने क्षेत्रमा कुनै पनि प्रदर्शन र सभाको अनुमति नदिन समितिको सरकारलाई निर्देशन दिइसकेको छ । चैत्र २२ गते बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले राजधानीको तीनकुने क्षेत्रमा कुनै पनि सभा, जुलुस, प्रदर्शन वा धर्ना गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिइसकेको छ । गत शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले चैत्र १५ गते तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि यस्तो निर्णय गरिसकेको छ ।
समितिका सभापति रामहरि खतिवडाले सो घटनाको भर्त्सना गर्दै, यस्ता हिंसात्मक गतिविधि दोहोरिन नदिन सरकारले गम्भीरता अपनाउनुपर्ने बताएका थिए । बैठकले सरकारलाई दोषीको पहिचान गरी छानबिन गर्ने र उनीहरूमाथि कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउनुपर्ने समितिको धारणा छ।
त्यस्तै, सुरक्षा निकायलाई थप सक्षम बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। गत चैत्र १५ को घटनामा दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। विवादास्पद मेडिकल व्यावसायी दुर्गाप्रसाईलाई राजावादीको जनकमान्डर दिएको थियो राप्रपाले । सोही आन्दोलनको पहिलो दिन नै निजी र सरकारी गरी करोडौं मूल्यबराबरको क्षति भएको थियो । सरकारले सो घटनालाई हिंशात्मक र अराजक भनि परिभाषा गदैं सो घटनाको जिम्मेवार नै राजावादी आयोजक टिम र पूर्वराजा ज्ञानेन्द्र शाह हुनुपर्ने निष्कर्ष निकालेको छ । सो घटनापछि पूर्वराजा ज्ञानेन्द्र मौन छन् तर राप्रपा पुनः राजाको सम्मान गर्दै सरकारको कडा विरोधमा लागेको छ ।
राजावादीहरूले देशबाट निर्मूल भइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्न व्यक्तिका घरमा आगो झोसेका थिए । पार्टी कार्यालयमा आगो लगाउँदै करोडौँको नीति तथा सार्वजनिक सम्पतिमा आगजनी गरेका थिए । त्यति मात्र होइन् भाटभटेनी डिपार्टमेन्टल स्टोर लुटपाट मसेत गरेका थिए । सरकारले सो घटनाका तीन दर्जनभन्दा बढिलाई विभिन्न मुद्धामा अनुसन्धान गरिरहेको छ । सो हिंशात्मक आन्दोलनमा लागेको आरोपमा प्रसाईलाई प्रहरीले पक्राउ गर्न खोजेपछि अहिले उनी फरार छन् । प्रहरीको अनुसन्धान व्युरोले प्रसाईँ अहिले भारतमा लुकेर बसेको आंसका गरेको छ ।
प्रसाईले प्रहरीले जारी गरेको निषेधाज्ञा तोडन बल प्रयोग गरेपछि अश्रुल ग्याँस प्रयोग गरिएको थियो । शान्तिपूर्ण भनेर आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि, स्थिति काबुभन्दा बाहिर गएपछि काठमाडौंका सिडिओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमुल, गौशाला, कोटेश्वर, जडबुटी चोकसम्मका लागि कफ्र्यू आदेश जारी गरेका थिए । पार्टी कार्यालय, मिडिया हाउस, व्यक्तिका निजी घरमा आगजनी गर्ने, तोडफोड हुन थालेपछि जनताले २०६२ माघ १९ को शाही कूपछिको अवस्था सम्झन थालेका छन् । त्यसबेला शाहीसत्ताले गरेका कुकृत्यको झल्को तीनकुने घटनाले स्मरण गराएको छ ।
सामाजिक र राजनीतिक कुनै पनि आधार नभएका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईको नियत बुझेरै राप्रपाका धेरै नेता कार्यक्रममा सहभागी भएका थिएन् । तर राप्रपाले प्रसाईँको नेतृत्व र राजावादीको के्रज हेर्न राप्रपाले प्रसाईँलाई नेतृत्वको जिम्मेवारी दिएको थियो । राप्रपाबाट सडकमा ओर्लिएकामा रवीन्द्र मिश्र ,नवराज सुवेदी र धवलशमशेर राणा समेत सहभागि थिए । मिश्र र राणा अहिले प्रहरीको हिरासतमा रहेका छन् । उनीहरुलाई विनासर्त रिहा गर्न माग गर्दै राप्रपाले थप आन्दोलनका कार्यक्रम तय गरेको हो ।
राजतन्त्र फर्काउने नाममा आफूले लिएको सात अर्ब ऋणको साँवा र ब्याज नतिर्न सडकमा नाटक देखाएको भन्दै अहिले वृतमा प्रसाईँको चर्को आलोचना भइरहेको छ । उनले सो घटनाको केहि दिनपछि सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै विभिन्न आरोप सरकारलाई लगाउँदै आफू नभागेको तर सुरक्षित क्षेत्रमा रहेको भन्दै मन्दिरमा बसेर लाइभ गरेका थिए ।
गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको बताएका छन् । सरकारले राजावादीका कुनैपनि आन्दोलनमा सहभागी नहुन सबैलाई निर्देशन समेत गरिसकेको छ । राजवादीले हिंशात्मक आन्दोलन गर्ने भएकाले ज्यु ज्यान र सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो निर्देशन दिइसकेको छ ।




