राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा सौहार्दपूर्ण भेटवार्ता,मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता भएको छ।

उनीहरूबीचको यो भेट बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि भएको हो। सम्मेलनपछि भएको अनौपचारिक कुराकानी सौहार्दपूर्ण रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि, बिहीबार साँझ दुवै नेतालाई बिम्स्टेक आयोजक थाइल्यान्ड सरकारले आयोजना गरेको रात्रिभोजमा सँगै देखिएको थियो। ओली र मोदीबीच यसअघि पनि अमेरिका, न्युयोर्कमा राष्ट्रसंघ महासभाको अवसरमा साइडलाइनमा भेट भएको थियो। तर, योजनाबद्ध औपचारिक वार्ता भने अझै हुन सकेको छैन।

बैंककको भेटमा दुवै देशका परराष्ट्रमन्त्री — नेपालबाट आरजु राणा देउवा र भारतबाट एस. जयशंकर — समेत सहभागी थिए। दुई छिमेकी नेताबीचको यो संवादले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

यस्तै भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *