राजनीति

राजावादी प्रदर्शनबारे सरकारको चेतावनी, अराजक गतिविधिमा सामेल नहुन् अपिल

काठमाडौं । सरकारले राजावादीहरूको अराजक प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई अपिल गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ ले उक्त जानकारी दिए ।

तीनकुने घटनाको निन्दा, घाइतेको उपचारको व्यवस्था

मन्त्री गुरुङका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको मन्त्रिपरिषद्ले निन्दा गरेको छ। साथै, घटनामा घाइते भएका व्यक्तिहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ।

छानबिन र कारबाहीको निर्देशन

सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। मन्त्री गुरुङले जनतालाई अफवाहमा नपर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *