देश

सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित, संसद् अधिवेशन अन्त्य

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

बोहोरा गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेर प्रतिनिधि सभामा बिजयी भएका थिए । बोहोरोका आजै घाटीका समस्याका कारण ७४ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको चावहिल स्थित ओम अस्पतालमा निधन भएको हो । बोहोरा पंचायतकाल र प्रजातन्त्र प्राप्त पछि पटक– पटक मन्त्री भएका थिए ।

सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाए । बैठकमा उनले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो । सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गरे ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *