देश

वर्तमान संविधान उत्कृष्ट, समावेशी र अधिकार सम्पन्न :सभापति देउवा

कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक व्यवस्थासहित उत्कृष्ट रहेको बताएका छन्।

शनिबार ललितपुरमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेशागत बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताए। “यो संविधानले महिलालगायत सबै वर्ग र समुदायलाई अधिकार दिएको छ,” उनले भने।

उनले वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत प्राप्त गर्न कठिन हुने भएकाले गठबन्धनको आवश्यकता औँल्याए। “हामीले धेरै मिहिनेत गरेर कांग्रेसलाई ठूलो पार्टी बनायौँ, अब बहुमत ल्याउन प्रयास गर्नुपर्छ,” उनले भने।

सभापति देउवाले संविधानमा महिलालाई दिइएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागिता बढेको बताए। कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तर्क्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *