
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ। तर, यो वर्ष पनि मतदानको शैलीमा कुनै नयाँपन देखिएन। परम्परागत ढाँचामै निर्वाचन सम्पन्न भएका छन् भने कयौं क्याम्पसमा विवादका कारण मतदान स्थगित गरिएको छ। त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार देशभरका ६४ आंगिक क्याम्पसमध्ये ३८ वटामा मात्रै मतदान सम्पन्न भएको छ। निर्वाचन बिहान ८ बजे सुरु भई ४ बजेसम्म मतदान समय तोकिएको थियो। तर, कतिपय क्याम्पसमा विवादका कारण निर्धारित समयमा मतदान सम्भव भएन।
मतदान रोकिएका क्याम्पसहरू :
पृथ्वीनारायण क्याम्पस (पोखरा) : यस क्याम्पसमा मतदान सुरु भइसकेको थियो, तर विवाद उत्पन्न भएपछि स्थगित गरियो। भोलि पुनः मतदान गराउने सहमति भइसकेको छ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव स्थगित, मतपत्र विवादले तनाव
काठमाडौं । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन मतपत्र विवादका कारण स्थगित भएको छ। मंगलबार बिहान ८ बजे सुरु हुने भनिएको मतदान मतपत्रमा त्रुटि देखिएपछि स्थगित गरिएको हो।
निर्वाचन अधिकृत रामचन्द्र पोखरेल का अनुसार अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवारको नामपछि रेजा लगाउने ठाउँ छुटेपछि विवाद उत्पन्न भएको थियो। त्रुटि सुधार्न नयाँ मतपत्र छपाइ गर्नुपर्ने भएकाले मतदान ढिलो हुने भएपछि विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूको राय अनुसार मतदान स्थगित गरिएको छ।
तनाव र लाठीचार्ज
मतदान सुरु गर्न माग गर्दै विद्यार्थी संगठनहरू उग्र बनेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो। नेविसंघ, अनेरास्ववियु लगायतका संगठनहरूले क्याम्पसको गेट धकेलेपछि सशस्त्र प्रहरीले हस्तक्षेप गरेको हो।
२२ औं स्ववियु अध्यक्षका लागि ८ उम्मेदवार
स्ववियु अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्।
प्रमुख प्रतिस्पर्धीहरूः
नवीन अधिकारी (अखिल क्रान्तिकारी)
मिलन सुनार (अखिल छैटौं)
दिप्सन गुरुङ (प्राज्ञिक विद्यार्थी परिषद् नेपाल)
सुशील न्यौपाने (नेविसंघ)
सन्तोष पौडेल (संयुक्त प्यानल)
विष्णु पोखरेल (अनेरास्ववियु)
कमल सुवेदी र विप्लवी न्यौपाने (स्वतन्त्र)
९,२७० मतदाता, २०६५ यताको पहिलो निर्वाचन
पृथ्वीनारायण क्याम्पसमा ९,२७० मतदाता छन्। यहाँ २०६५ सालपछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो। नयाँ मतपत्र छपाइ गरी भोलि पुनः मतदान गराउने तयारी भइरहेको छ।
पाटन संयुक्त क्याम्पस :यस क्याम्पसमा पनि मतदान सुरु भएर पनि मतदाता सूचीको विषयमा विवाद भएपछि रोकिएको छ। सहमति जुटाउने प्रयास जारी छ।
त्रिवि प्रशासनका अनुसार १५ दिनभित्र बाँकी क्याम्पसमा पनि निर्वाचन गराउने योजना रहेको छ।
पाटन क्याम्पसमा ग्याङफाइट: स्ववियु चुनावमा हुलदंगा’तनावग्रस्त’ क्याम्पस परिसर
सहमतिका प्रयास र चुनाव स्थगित हुने परिपाटी
स्ववियु निर्वाचन नेपालका विश्वविद्यालयहरूमा विद्यार्थी राजनीतिमा प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हो। तर, हरेक निर्वाचनमा देखिने विवाद, सहमतिका प्रयास र चुनाव स्थगित हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ। त्रिवि भित्रका १,०५३ सम्बन्धन प्राप्त क्याम्पसहरू मध्ये कति क्याम्पसमा मतदान सम्पन्न भयो भन्ने विस्तृत विवरण भने अझै सङ्कलन भइसकेको छैन् । स्ववियु निर्वाचन विद्यार्थीहरूको नेतृत्व विकास गर्ने थलो हो। तर, यो वर्ष पनि नयाँ विचार र दृष्टिकोणभन्दा पुरानै राजनीतिक शैली हावी भएको देखिन्छ।
विद्यार्थी संगठनहरूले चुनावी रणनीतिमा पुरानै शैली अपनाएका छन् – विवाद, सहमति खोज्ने नाममा मतदान स्थगन, र प्रतिस्पर्धी समूहबीचको शक्ति संघर्षका कारण निर्वाचन पार्दर्शी बन्न सकेन । स्ववियू निर्वाचनका लागि उठेका उमेदवारहरुले डिग्री हासिल गरिरहेका छन् भने कतिले डिगीको अध्ययनलाई नै निरन्तरता दिइरहेका छन् । उनीहरुको सपना हो– देशलाई समृद्धि,शान्ति स्थापना, नयाँ सिस्टमको विकास गर्ने, वेरोजगारीको समस्या हटाई देशमा रोजगारीको विकास गर्ने, शिक्षा क्षेत्रमा विद्यार्थीका हकहितका लागि काम गर्ने ।
लामो समयको अध्ययन पश्चात पनि नयाँ भिजन ,र नयाँ शैलीको विकास गर्न नसक्नु दुःखदको कुरा हो । विद्यार्थी राजनीतिमा नवीनता ल्याउने अपेक्षा गरिए पनि अहिलेसम्म पुरानै शैलीमै निर्वाचन सम्पन्न हुँदै आएको छ। निर्वाचन प्रक्रिया ढिलो हुनु, मतदाता नामावलीको विवाद तथा प्रशासनिक असमर्थताले गर्दा स्ववियु निर्वाचनको वास्तविक उद्देश्य ओझेलमा पर्ने जोखिम रहेको छ।
विश्वको इतिहास र सुशासन पढेका विद्यार्थीहरुले पनि पुरानै दलको झैँ घोषणापत्र तयार गर्नु र नयाँ कदमका लागि केही आश्चर्य लाग्दो सबैले प्रशंसा गर्न सक्ने नीति र सिस्टमलाई प्राथमिकतामा ल्याउन नसक्नले निर्वाचनमा उठेका उमेदवारहरुको सिर्जनात्मक शैली नभएको प्रष्टै देखिएको छ । पुराना दलहरुले निर्वाचनको समयमा तालाबन्दी , आन्दोलन ,पैसाको चलखेल ,शक्ति र शक्तको खेल, गठबन्धन गर्नु र एकल प्रतिस्पर्धामा नतिजा निकाल्न नसक्नुले नेपालको राजनैतिक वृत नै असन्तुलनमा छ । हरेक क्षेत्रलाई सन्तुलनको बाटो हिँडाउन सक्नु युवापुस्ताको जिम्मेवारी हो । तर नयाँ राजनीतिक दल, विद्यार्थी संगठनहरुले नयाँ भिजन, सिस्टम विकास गर्न नसक्नुले आम नागरिकहरुमा नैराश्यता पैदा भएको छ ।
विद्यार्थीहरू अब प्रश्न गरिरहेका छन् – स्ववियु निर्वाचनबाट साँच्चिकै विद्यार्थीको हकहितको वकालत गर्ने नेतृत्व चयन हुन्छ, या केवल राजनीतिक दलहरूको शाखा संगठनका रूपमा सीमित रहन्छ? यो बहस अब चर्किने देखिन्छ। ६४ आंगिक क्याम्पसहरूमध्ये २६ वटा क्याम्पसमा मतदान हुन सकेन। त्रिविका अनुसार यी क्याम्पसमा १५ दिनभित्र सहमतिमा निर्वाचन गराउने प्रयास भइरहेको छ।
मतदान हुन नसक्नुका प्रमुख कारण :
विद्यार्थी संगठनहरूबीच सहमति नबन्नु
मतदाता नामावलीको विवाद
राजनीतिक दबाब र असमझदारी
क्याम्पस प्रशासनको तयारी अपूरो हुनु
प्रतिस्पर्धीहरुबीच इगो हठ
आरआर क्याम्पसमा मध्यरातमा अनेरास्ववियुको तालाबन्दी,पार्दर्शी निर्वाचन गराउन माग