देश

आरआर क्याम्पसमा मध्यरातमा अनेरास्ववियुको तालाबन्दी,पार्दर्शी निर्वाचन गराउन माग

काठमाडौं । सत्तारुढ एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् । यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै उनीहरुले त्यसो नभएका खण्डमा उत्पन्न परिस्थितिको जवाफदेही क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी दिएका छन् ।

अर्कोतर्फ नेविसंघले भने चुनाव हार्ने डरले अनेरास्ववियुले मध्यरातमा तालाबन्दी गरेको आरोप लगाएको छ । आरआर क्याम्पसलाई परम्परागत रुपमा अनेरास्ववियुको गढ मानिन्छ ।

यस्तै आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन् । एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो । गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । आजका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।

चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको अखिल क्रान्तिकारी स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले जानकारी दिए ।

May be a doodle of text मतपेटीकाको सुरक्षाका लागि प्रहरी प्रशासनलाई खबर गरेको उनको भनाइ छ ।

यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस आरआर क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले पनि विरोध प्रदर्शन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *