राजनीति

राजावादीलाई इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ  : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव नहुने बताउँदै दुस्साहस गर्नेलाई ‘इँटको जवाफ पत्थरले दिन माओवादी तयार रहेको अध्यक्ष प्रचण्डले बताए । आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरुको भरमा नउचालिन समेत उनले निर्देशन दिए ।

‘ अध्यक्ष प्रचण्डले आसेपासेले उचालेको भरमा विदेशीको एक दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने दिवास्वप्न पूरा हुन नसक्ने बताउँदै राजालाई विभिन्न प्रश्न गरेका छन् । उनले मूर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ने ठानेको ?’

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको स्मरण गर्दै , ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने बताए । जुन नौटंकी देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍याए ? आफू सत्तामा पुगेपछि अब दरबार हत्याकाण्डको फाइल खोलेर दोषीहरूलाई ठेगान लगाउने तयार रहेको दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *