राजनीति

पूर्वराजाको ‘शक्ति प्रदर्शन’: बालुवाटार ‘त्रसित’!

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं आगमनको चर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा तरंग पैदा गरेको छ। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र दुर्गा प्रसाईंको अभियान लगायतले शाहको स्वागतमा देखाएको उत्साहपछि प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।

रिमालको टिप्पणीले बालुवाटारमा यस विषयमा व्यापक चर्चा भइरहेको संकेत गरेको छ। यसले बालुवाटार र शीतल निवास दुवैको चासोलाई उजागर गरेको छ। शनिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भएको भेटमा पनि यही विषयले प्राथमिकता पाएको थियो। ओलीले राष्ट्रपति पौडेलसँग शाहको चर्चा र सुरक्षा व्यवस्थाबारे छलफल गरेका थिए।

त्यस्तै, प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसले पनि सरकार शाहको आगमनलाई गम्भीरतापूर्वक लिएको देखाउँछ। शाहको बढ्दो क्रेजलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *